+
+

शेयर बजारमा करेक्सन, सवा ६ अर्ब भन्दा बढीको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १५:२६

२ मंसिर, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा करेक्सन देखिएको छ । यो साता शुरुआतबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ । परिसूचक २७६९.१३ विन्दुमा रोकियो । बिहीबार कारोबार रकम सवा ६ अर्ब पुगेको छ । घटेको बजारमा कारोबार समेत बुधबारको तुलनामा कम भएको छ ।

बिहीबार कुल २२४ वटा कम्पनीको ७० हजार ३७ वटा कारोबार भयो । यी कारोबारबाट ९८ लाख ६२ हजार ९ सय ४० कित्ता शेयर किनबेच भएको छ । बिहीबारको कारोबार रकम भने ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० रहेको छ ।

बिहीबार नेप्सेका सबै उपसमूह राताम्य रहे । सबै भन्दा बढी गुमाउने उपसमूह जलविद्युत र व्यापार रह्यो ।

बिहीबार सबैभन्दा बढी कमाउने मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहे । यो कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । तेह्रथुम पावर कमपनीको कारोबार समेत सर्किट लेबलमा भयो । धेरै गुमाउने लगानीकर्ता भने मैलुङ खोला जलविद्युत कम्पनीका रह्यो ।

बिहीबार नेपाल टेलिकमको सबैभन्दा बढी ६० करोड रुपैयाँ बराबरको कारोबार भयो । महालक्ष्मी विकास बैंक र माथिल्लो तामाकोशी समेत बढी कारोबार हुने कम्पनीको सूचीमा शीर्ष स्थानमा रहे ।

साताभर निरन्तर बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बिहीबार बजारमा करेक्सन आएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?