+
+

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीलाई ५ लाखको दुर्घटना बिमा हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १७:५६

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दक्ष प्राविधिक र निर्माणकर्मीहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा प्राविधिकहरुले निर्माणकर्मीहरुलाई भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श दिएका थिए ।

कार्यक्रममा सहभागी निर्माणकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्माण कार्यमा खटिँदा हुन सक्ने जोखिमलाई मध्यनजर राख्दै निर्माणकर्मीहरुका लागि निःशुक दुर्घटना बिमा योजना ल्याएको कम्पनीको भनाइ छ ।

पहिलो चरण अन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरुको जोखिम बिमा गराई सकेको कम्पनीले बताएको छ ।

अन्तरक्रिया कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकले सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो ।

आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका बिक्रेताहरुसँगको समन्वयमा यस अन्तक्रिया तथा निःशुल्क विमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?