+
+

‘रित्तो रित्तो’मा पूजासँग रोेशनको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १९:२१

अमेरिकामा रहँदै आएका रोशन अधिकारी भर्सटायल छन् । उनी गीतमा आफै स्वर भर्छन् भने भिडियोमा पनि अभिनय गर्छन् । उनै, रोशनको स्वरमा समावेश ‘रित्तो रित्तो’ बोेलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतमा नेपः सिनेको सहकार्य छ । गीतको भिडियोमा नायिका पूजा शर्मा र मोडल तथा गायक रोशन अधिकारीले अभिनय गरेका छन् । मुस्ताङको रमणीय स्थानमा खिचिएको भिडियोमा रोशन र पुजा रोमान्टिक देखिएका छन् । विधान कार्कीले निर्देशन गरेको भिडियो आकर्षक छ ।

विकास दाहालको सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गायक तथा मोडल रोशनले पत्रकार सम्मेलनमा बोल्दै आफू निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रको विकासमा लागिपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?