+
+

कोरोना संक्रमित बढेपछि अष्ट्रियामा लकडाउन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १७:३३

३ मंसिर, काठमाडौं । अष्ट्रियाले कोरोना भाइरसका संक्रमित तीव्र रुपमा बढ्न थालेपछि लकडाउन गर्ने घोषणा गरेको छ । अष्ट्रिया सरकारले सोमबारदेखि पूर्ण लकडाउन गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

अष्ट्रियाले केही दिनअघि खोप नलगाएका मानिसलाई मात्रै लक्षित गरी कडाइ गर्ने बताएको थियो । चान्सलर अलेक्जान्डर शालेनबर्गले सोमबारदेखि बढीमा २० दिनसम्म पूर्ण लकडाउन हुने बताएका छन् । त्यस्तै, आगामी फेब्रुअरी १ देखि अनिवार्य रुपमा खोप लगाउनुपर्ने समेत उनले बताएका छन् । योसँगै अष्ट्रिया कोभिड खोप अनिवार्य गर्ने पहिलो युरोपेली मुलुक बन्ने भएको छ ।

युरोपेली युनियनमा कम जनसंख्यालाई खोप लगाउने मुलुकमा अष्ट्रिया पनि पर्छ । त्यहाँ हालसम्म झण्डै ६५ प्रतिशत नागरिकले पूर्ण रुपमा कोभिड खोप लगाएका छन् ।

शुक्रबार नै अष्ट्रियाका स्वास्थ्यमन्त्री वल्फगङ मुक्स्टेनले सोमबारदेखि गरिने लकडाउनमा विद्यालय र किन्डरगार्टेन खुला हुने बताएका छन् । तर, लकडाउन हटेपछि पनि खोप नलगाएका व्यक्तिलक्षित प्रतिबन्ध भने यथावत् रहने उनको भनाइ छ ।

वर्ल्डोमिटरका अनुसार अष्ट्रियामा हालसम्म १० लाख २७ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ८ लाख ७६ हजार ४८२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै,  त्यहाँ हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?