+
+

कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकाडेमीको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १२:२०

५ मंसिर, नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँकेको कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकाडेमीको शिलान्यास गरेका छन् ।

कोहलपुर नगरपालिका–११ मा निर्माणाधीन प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले आइतबार महिला क्रिकेट एकाडेमी शिलान्यास गरेका हुन् ।

मन्त्री नियुक्त भएलगत्तै उनले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकाडेमी निर्माण गर्ने घोषणा गरेका थिए । तीन दिने जिल्ला भ्रमणमा निस्किएका उनले आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्ने क्रममा आइतबार एकाडेमीको शिलान्यास गरेको उनको सचिवालयले जनाएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकाडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

रात्रिकालीन खेल सञ्चालन गर्न सकिने आवासिय सुविधायुक्त एकाडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरिएको उल्लेख गर्दै गहतराजले भने, ‘यो बहुवर्षीय योजना हो, आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पूर्वाधार निर्माणको काम अगाडि बढाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?