
५ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री यामी गौतमले करिअरको शुरुवातमा धेरै व्यक्तिले आफ्नो शारीरिक बनावटको विषयमा टिप्पणी गर्ने गरेको बताएकी छन् । एक भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा उनले आफ्नो नाक र डिम्पललाई लिएर त्यसबेला धेरै टिप्पणी हुने गरेको बताइन् ।
‘करिअरको शुरुवातमा म जसलाई भेट्थें, उनीहरु मेरो नाक वा डिम्पलको विषयमा कमेन्ट गर्थे । उनीहरुलाई लाग्दथ्यो कि, मेरो डिम्पल ठीक ठाउँमा छैन,’ उनले भनिन् । उनीहरुले त्यसबेला ‘तिमी सुन्दर छौं, तर साधारण देखिन्छौं’ भनेर घुमाउरो पारामा भन्ने गरेको यामीले सम्झिन् ।
उनले कसैले अनावश्यक टिप्पणी गर्दैमा त्यसलाई लिएर चिन्तित नहुन समेत आग्रह गरेकी छन् । आफ्नो क्षमता र प्रतिभामाथि विश्वास गरेर अगाडि बढ्न यामीले नयाँ पुस्तालाई सुझाव समेत दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4