+
+

ए डिभिजन : आज मछिन्द्रले एनआरटीसँग खेल्दै, पुलिस र आर्मी भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते ७:२२

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ अन्तर्गत आज पहिलो चरणको अन्तिम दुई खेल हुँदैछन् ।

डिफेण्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) खेल्दा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

दिनको पहिलो खेल आर्मी र र पुलिसबीच दिउँसो एक बजे दशरथ रंगशालमा सुरु हुनेछ । साविक उपविजेता समेत रहेको आर्मी यसपटक उपाधि जित्ने लक्ष्यका साथ लिग खेल्दैछ । यस्तै तीन पटकको विजेता पुलिस पनि सुदख सुरुआत गर्ने लक्ष्यमा छ ।

विभागीय डर्बी भएकोले प्रतिष्ठाको लडाइसमेत हुनेछ ।

भरत खवासको कप्तानीमा रहेको आर्मीका फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण लिगमा खेल्न छैनन् । उनलाई प्रिसिजनमा घुँडामा चोट लागेको थियो ।

आर्मीले राष्ट्रिय टिमका पूर्वसदस्य जगजित श्रेष्ठलाई अनुबन्ध गरेको छ । यस्तै टिममा जर्ज प्रिन्स कार्की, सेसहाङ आङदम्बे, दिनेश हेन्जन, विकेश कुथुलगायत खेलाडी छन् ।

उता पुलिसमा राष्ट्रिय टिमका तेज तामाङ, राष्ट्रिय टिमबाट खेलिसकेका रवि पासवानलगायत खेलाडीहरू छन् ।

यस्तै २०७६ सालमा च्याम्पियन बनेको मछिन्द्रको एक मात्र लक्ष्य यस पटक उपाधि रक्षा गर्ने रहेको छ । त्यसका लागि एनआरटीसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । यो खेल अपराह्न ४ : ४५ बजे दशरथ रंगशालमै सुरु हुनेछ ।

मछिन्द्रले उपाधि रक्षाकै लागि भनेर राष्ट्रिय टिमका मनिष डाँगी, सुनिल बलदेखि अजवैजानमा नुर्लान नोभ्रुजोभलगायत खेलाडीलाई भित्र्याएको छ ।

यस्तै विमल घर्ती मगर पनि मछिन्द्रबाटै खेल्दैछन् । यसबाहेक सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अभिषेक रिजाल, रन्जित धिमाल, देवेन्द्र तामाङ, छिरिङ गुरुङलगायत राष्ट्रिय टिमका अनुभव रहेका खेलाडी छन् ।

एनबरटीले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेका दुई विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफन समिरलाई अनुबन्ध गरेको छ । यस्तै दर्शन गुरुङ, एरिक विष्ट, राजेश परिषार जस्ता खेलाडी खेलाडी पनि एनआरटीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?