+
+

शेयर बजारमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १५:०२

६ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयिर बजारमा सुधार देखिएको छ । आइतबार दोहोरो अंकले घटेको बजार सोमबार भने झिनो अंकले सुधार भएको हो ।

नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले सुधार भएको छ ।

नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने राम्रो हुन सकने । दिनभर भएका ५१ हजार ५ सय २६ कारोबारबाट २२५ कम्पनीका ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँमा रोकिएको छ ।

महिला लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्समा सोमबार लगानीकर्ताहरु झुम्मिएका छन् । सबै भन्दा धेरै बढ्ने कम्पनीमा यी दुई कम्पनीहरु देखिदा सूर्या लाइफ इन्स्योरेन्स र कालिका पावर कम्पनीको शेयर मूल्य धेरै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?