+
+

नासाको नयाँ नेतृत्वमा कृष्ण श्रेष्ठ चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १२:२०

७ मंसिर, काठमाडौं । अमेरिकाको दक्षिणपूर्वी राज्यहरूको पुरानो संस्था ‘नेप्लिज एसोसियसन इन साउथइष्ट अमेरिका’ले सन् २०२१ देखि २०२३ सम्मको लागि नयाँ नेतृत्वमा कृष्ण श्रेष्ठलाई चयन गरेको छ । गत २१ नोभेम्वरमा फ्लोरिडा राज्यको ओर्ल्याण्डोमा सम्पन्न नासा एन्माको संयुक्त सम्मेलनमा सम्पन्न निर्वाचनले उनलाई चुनेको हो ।

सन् १९८३ मा स्थापित नासाले दक्षिण पूर्वी अमेरिकी राज्यका नेपाली समुदायको हितका लागि काम गर्दै आएको छ । सन् २००० मा यही संस्थाको नेतृत्वमा नेपाली संस्थाहरूको अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो । जुन सम्मेलनमा शेरबहादुर देउवा, झलनाथ खनाल, मिनेन्द्र रिजाललगायत सहभागी भएका थिए ।

सो अवसरमा अन्तरराष्ट्रिय कविता प्रतियोगिता समेत गरिएको थियो । १६ वर्षदेखि यस संस्थाले मध्य अमेरिकी राज्यहरूका नेपालीहरूको संस्था एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका अर्थात् एन्मासँग संयुक्त सम्मेलन गर्दै आएको छ ।

नव निर्वाचित कृष्ण श्रेष्ठ ‘अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका फ्लोरिडा च्याप्टर’का पूर्व अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?