+
+

बिहेको तयारीका लागि कटरिनाले लिइन् कामबाट ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १७:४४
फाइल तस्वीर

७ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ चाँडै नै विवाह बन्धनमा बाँधिदैछिन् । आगामी डिसेम्बर महिनामा उनले आफ्ना प्रेमी विक्की कौशलसँग विवाह गर्दैछिन् ।

विवाहको मिति नजिकिँदै जाँदा कटरिना र विक्की तयारीमा लागेका छन् । यसैबीच आफ्नो विवाहको तयारीका लागि कटरिनाले कामबाट विश्राम लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसबीचमा उनले आफ्ना केही विज्ञापन र इभेन्ट शूट गर्ने जनाइएको छ ।

यता, विक्की भने अझै पनि शूटिङमै व्यस्त छन् । उनका भाइ सनी कौशल र आमाले विवाहको आवश्यक तयारी गरिरहेका छन् । कटरिना र विक्कीको परिवारको समन्वयमा तयारी अघि बढिरहेको जनाइएको छ ।

आगामी डिसेम्बरको पहिलो हप्ता विवाह गर्ने तयारी अघि बढेपनि बलिउडका स्टार कपल कटरिना र विक्कीले विवाहको आधिकारिक घोषणा भने गरिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?