+
+

करीब २७ प्रतिशत क्याम्पसले क्युएए पाए

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १७:४९

७ मंसिर, काठमाडौं। विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) हालसम्म ३८४ उच्च शिक्षा प्रदायक शैक्षिक संस्थालाई प्रदान गरेको छ ।

देशभर सञ्चालनमा आएका सबै विश्वविद्यालयका आङ्गीक क्याम्पस १५२, सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस ५३६ र निजी क्याम्पस ७४९ गरी जम्मा क्याम्पसको संख्या १ हजार ४३७ ओटा छ । त्यसमध्ये क्युएए पाउने क्याम्पसको संख्या २६.७५ प्रतिशत हो ।

गत आर्थिक वर्षमा ४ वटा उच्च शैक्षिक संस्थाहरुले क्युएएको प्रमाणपत्र प्राप्त गर्न सफल भएको आयोगले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२८औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोगका सचिव प्रा.शंकरप्रसाद भण्डारीले प्रतिवेदनमा सार्वजनिक गर्दै गत आर्थिक वर्षमा १८ वटा शैक्षिक संस्थाहरुको क्युएए साइकल पुरा भएको, वटा संस्थामा पीआरटी भ्रमण भएको, २० वटा संस्थाको यसयसआर स्वीकृत भएको, २० वटा संस्थाका लागि पीआरटी गठन भएको र २६ वटा संस्थाहरुको एलओआई स्वीकृत भएको जानकारी दिए ।

प्रतिवेदन अनुसार हालसम्म १६७ उच्च शैक्षिक संस्थाहरुले स्व-अध्ययन प्रतिवेदन पेश गरिसकेका छन् भने ७५ वटाको समकक्षी परीक्षणको पूर्ण भ्रमण सम्पन्न भैसकेको छ ।

त्यसैगरी समकक्षी परीक्षणको पूर्ण भ्रमण सम्पन्न भएका मध्ये ५३ वटा उच्च शैक्षिक संस्थाहरु प्रत्यायनकृत भएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?