+
+

पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते ७:५६

८ मंसिर, काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ रम्भापुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

भुस बोकेको प्रदेश २-०३००१ ख ४५२४ नम्बरको ट्रकले गएराति ठक्कर दिंदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रम्भापुर गैंडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कँवर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सिन्धुलीमा मोटरसाइकल चालकको मृत्यु

यसैगरी सिन्धुलीको दुधौली नगरपालिका-२ गागन भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराति १० बजे ज ९ प ९४३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक दुधौली नगरपालिका-१ का ४५ वर्षीय दिलिप अधिकारीको मृत्यु भएको हो । अधिकारीको चन्दनपुर पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?