+
+

राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १०:५६

८ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार बिहान निधन भएको छ ।

नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । टेण्डीको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिनेछ ।

पछिल्लो दुई वर्षदेखि नसासम्बन्धी रोगबाट थलिएका टेण्डी उपचारका क्रममा विशालनगरस्थित केयर होममा थिए । उनको त्यहीँ निधन भएको थापाले जानकारी दिए । त्यसअघि टेण्डीलाई उपचारका लागि भारत र अमेरिका समेत लगिएको थियो ।

शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव थिए भने अमृत साइन्स क्याम्पसका पूर्व स्ववियु सभापतिसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?