+
+

अक्षय, सारा र धनुषको ‘अतरंगी रे’ डिसेम्बर २४ मा डिज्ने प्लसमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते ११:३४

८ मंसिर, काठमाडौं । बलिउड स्टार अक्षय कुमार, सारा अली खान र धनुष अभिनित बुहप्रतीक्षित चलचित्र ‘अतरंगी रे’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।

गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन यो चलचित्रलाई सिनेमा हलमा प्रदर्शन गर्ने भनिएपनि कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन ।

‘अतरंगी रे’ अब ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चलचित्र निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै आगामी डिसेम्बर २४ देखि ओटीटीमा स्ट्रिमिङ हुने जानकारी दिएको छ ।

चलचित्रलाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?