+
+

कांग्रेसको जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी

नेपाली कांग्रेसको जुम्ला सभापतिमा संस्थापन पक्षका कर्णबहादुर शाही विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १५:१७
तस्वीर सौजन्‍य : नेत्र शाही

८ मंसिर, सुर्खेत । नेपाली कांग्रेसको जुम्ला सभापतिमा संस्थापन पक्षका कर्णबहादुर शाही विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी पौडेल समूहका दिपबहादुर शाहीलाई पाँच मतले पराजित भएका हुन् ।

खसेको कुल ९८१ मतमध्ये सभापति शाहीले ४७४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी दीपबहादुर शाहीले ४६९ मत पाएका छन् । दिपबहादुर शाहीले झन्डै दुई कार्यकाल जिल्ला सभापति चलाएका थिए ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यसअघिका कांग्रेस जुम्लाका सचिव हुन् ।

संस्थापन पक्षको प्यानलबाट सभापतिमा कर्णबहादुर शाही पाँच मतले विजयी भएको मुख्य निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिइन् ।

सभापतिमा पौडेल समुह पराजित भएपनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पौडेल पक्षबाट विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुको मतगणना गर्न बाँकी रहेको निर्वाचन समिति जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?