+
+

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथा लागू हुने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १७:२०

८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु न्यायाधीशहरुको बुधबार भएको छलफलले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी गरेको एक न्यायाधीशले जानकारी दिए ।

गोला प्रथाबाट इजलास तोक्ने निर्णय गर्न बिहीबार पूर्ण बैठक ( फूल कोर्ट) बोलाइएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?