+
+

पेड्रो गोनकाल्भ्स चम्कंदा डर्टमण्डलाई हराउँदै स्पोर्टिङ सिपी नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते ११:०२

काठमाडौं । पेड्रो गोनकाल्भ्सको उत्कृष्ट प्रदर्शनमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई पराजित गर्दै पोर्चुगिज क्लब स्पोर्टिङ सिपी युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा स्पोर्टिङले १० खेलाडीमा समेटिएको डर्टमण्डलाई ३-१ ले पराजित गरेको हो । जसमा गोनकाल्भसले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरे । अर्को गोल पेड्रो पोरोले गरे ।

३०औं र ३९औं मिनेटमा गोल गरेका गोनकाल्भस ह्याट्रिक नजिक पुगेका थिए । तर उनको पेनाल्टी प्रहार ८१औं स्थानमा डर्टमण्डका गोलकिपर ग्रेगोर कोबेलले रोकेका थिए । तर त्यसपछि रिबाउण्डमा पोरोले गोल गरे ।

डर्टमण्डका लागि डोनयाल मालेनले इन्जुरी टाइममा एक गोल फर्काए । ७४औं मिनेटमा एम्रे चानले रातो कराड पाएपछि डर्टमण्ड दश खेलाडीमा समेटिएको थियो । यसअघि पहिलो खेलमा डर्टमण्डसंग १-० ले पराजित भएको स्पोर्टिङले त्यसको बदलासमेत लिएको छ।

जितपछि पाँच खेलबाट नौ अंक जोडेको स्पोर्टिङ सिपी समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । यस समूहमा डच क्लब अयाक्स यसअघि नै

नकआउट चरण पुगिसकेको छ । अयाक्सले पछिल्लो खेलमा बेसिकटासलाई २-१ ले पराजित गर्दै समूह चरणमा शतप्रतिशत जित हात पारेको छ । एक गोलले पछि परेको अवस्थामा सेबास्टियन हेलरले दुई गोल गर्दै अयाक्सलाई जित दिलाए ।

अयाक्स १५ अंकसहित शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?