+
+

७ स्थानबाट निकालिएको एमालेको जुलुस महाधिवेशन उदघाटनस्थलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १२:२६

१० मंसिर, काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनेहरुको जुलुस विभिन्न स्थानबाट निस्किने क्रम जारी छ । बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उदघाटन समारोहमा परिणत हुने क्रम जारी छ ।

पूर्वी नेपालबाट आएकाहरुको जुलुस भरतपुर बस टर्मिनल (पारस बसपार्क)बाट र पश्चिम नेपालबाट आएकाहरुको जुलुस गैंडाकोटतर्फबाट निस्किएको छ ।

आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका छन् । ठूला जुलुस भने भरतपुर बसपार्क, आँपटारी र गैंडाकोटबाट निकालिएको एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

 

ती जुलुसहरु महाधिवेशन उदघाटनस्थल नारायणी नदी किनारमा जम्मा हुने क्रम जारी छ । जुलुसहरुको नेतृत्व विभिन्न जिल्ला कमिटी र जनवर्गीय संगठनका नेताहरुले गरेका छन् ।

जुलुसका कारण नारायणगढ क्षेत्रमा सवारी आवागमन ठप्प छ । मानिसहरुको भिडले नारायणी पुलमा एम्बुलेन्ससमेत केहीबेर जाममा परेको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ खण्ड र नारायणगढको मुख्य बजार क्षेत्रभित्र अत्यावश्यकबाहेकका सबै सवारी साधनलाई साँझ ५ बजेसम्मै प्रवेशमा रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?