१० मंसिर, काठमाडौं। लुम्बिनी प्रदेशले वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार सुदुरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गरेको छ ।
लुम्बिनीको यो दोस्रो जित हो।
मुलपानी क्रिकेट मैदानमा २४१ रनको लक्ष्य लुम्बिनीले ४८. ३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।लुम्बिनीका लागि कप्तान देव खनालले ९२ रन बनाए ।
वासिर अहमदले ३८ तथा विराट भण्डारीले ३२ रन जोडे।
सुदुरपश्चिमका आकाश चन्दले ३ तथा शेर मल्लले २ विकेट लिए। यस अघि टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २४० रन बनाएको थियो।
सुदुरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ६४ रन बनाए । वसन्त कार्कीले ५७ र राहुल भण्डारीले ३७ रनको योगदान गरे। लुम्बिनी प्रदेशका मोहम्मद हुसेनले सर्वाधिक ४ विकेट लिए भने दुर्गेश गुप्ताले २ विकेट लिए ।
यसअघि लुम्बिनी प्रदेशले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दा कर्णालीसँग १४० रनले पराजित भएको थियो ।
प्रतिक्रिया 4