
११ मंसिर, बुटवल । नेपाली कांग्रेस पश्चिम नवलपरासी जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अर्जुनकुमार पोखरेल विजयी भएका छन् ।
शनिबार सम्पन्न मतगणना अनुसार पार्टी संस्थापन पक्षका मोहनप्रसाद शर्मालाई १ सय ९५ मत अन्तरले पराजित गर्दै पोखरेल सभापतिमा विजयी भएका हुन् ।
पोखरेलले ७ सय ५६ र शर्माले ५ सय ६१ मत प्राप्त गरेका छन् । पोखरेल यसअघिका जिल्ला उपसभापति हुन् ।
उपसभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड, सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी तथा सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका मतदान अधिकृत दीपक भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4