
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले १४ औं महाधिवेशनमा आफूले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार काठमाडौंको शान्तिबाटिकामा आयोजित कार्यक्रममा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेता प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए ।
संघीयता कार्यान्वयन अन्त्यन्तै फितलो रहेको उल्लेख गर्दै उनले आफू बागमती प्रदेश सभापति भएमा संघीयताको संस्थागत विकासका लागि काम गर्न सक्ने बताए ।
नेता प्रधानले प्रदेश भित्रका सबै जिल्लाहरुसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4