+
+

कांग्रेसको नुवाकोट सभापतिमा रमेश महत विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १९:५९

११ मंसिर,काठमाडौं । नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापतिमा रमेश महत झिनो मतान्तरले विजयी भएका छन् । उनले डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गरे । महतले ८३३ र केसीले ८२३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

केसी र महत दुबै संस्थापनइतर समूहकै उम्मेदवार हुन् । नवनिर्वाचित सभापति महत कांग्रेस नेता डा. रामशरण महतका भतिजा हुन् भने पराजित केसी अर्जुननरसिंह केसीका भाइ हुन् ।

महतलाई संस्थापन पक्षको समर्थन थियो । नुवाकोटमा लामो समयदेखि केसी र महत परिवारबीच राजनीतिक लडाई चल्दै आएको छ । महत १३ औं महाधिवेशनमा सभापति पदमा कांग्रेस नेता अर्जुननरसिंह केसीका भाइ जगदीश्वर नरसिंह केसीसँग पराजित भएका थिए । यसपटक जिल्ला सभापतिमा पराजित केदार अर्जुनका भाइ र जगदिश्वरका दाइ हुन् ।

१४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न जिल्ला अधिवेशनमा महतले केसी परिवारलाई पराजित गर्दै हारको बदला लिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?