+
+

कांग्रेसको काभ्रे सभापतिमा तीर्थ लामा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १२:२४

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको काभ्रे जिल्ला सभापतिमा तीर्थ लामा विजयी भएका छन् । उनी संस्थापन समूहका हुन् ।

दोस्रो संविधान सभा सदस्य रहेका लामाले सभापतिमा संस्थापनइतर समूहका उम्मेदवार अच्यूत पौडेललाई पराजित गरेका हुन् । निर्वाचनमा दुई हजार ४६८ मत खसेकोमा लामाले एक हजार ६४६ मत पाए भने पौडेलले ७७० मत पाएको निर्वाचन समितिले जनाएको छ ।

काभ्रेमा संस्थापन समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको थियो । काभ्रेका पूर्वजिल्ला सभापति एवं केन्द्रीय सदस्य शिव हुमागाईले लामालाई सभापतिमा समर्थन गरेका थिए । हुमागाईं काभ्रे कांग्रेसमा प्रभावशाली नेता मानिन्छन् । उनी सिटौला समूहका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment