+
+

युएईले नेपाललाई दियो १२८ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १३:११

१२ मंसिर, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध जितका लागि नेपालले १२८ रनको लक्ष्य पाएको छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ५ विकेट गुमाएर १२७ रन बनायो ।

युएईका लागि चानानी सेनेभिरत्नले सर्वाधिक ५२ रन बनाइन् । यस्तै थिर्था सतिशले ४७ र काभिस एगोडेजले २२ रन जोडे । नेपालका लागि कविता कुँवरले २ तथा सबनम राई, सीता मगर र संगीता राईले १-१ विकेट लिए ।

एसिया छनोटको शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्न नेपालले युएई विरुद्ध १० बल बाँकी छँदै लक्ष्य पूरा गर्नुपर्नेछ ।
युएई ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । नेपाल समान खेलबाट ६ अंकसहित दोस्रोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment