+
+

नेपालका प्रमुख पर्यटकीय गन्तव्य अब एउटै म्यूजिक भिडियोमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १७:४०

१२ मंसिर, काठमाडौं । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरुलाई समेटेर तयार पारिएको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाल गन्तव्यको विश्वभर प्रचार प्रसार गर्ने उद्देश्यले तयार पारिएको म्यूजिक भिडियो आइतबार सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो अंग्रेजी भाषामा छ । म्यूजिक भिडियो साङग्रिला नेपालले सार्वजनिक गरेको हो । नेपाली कृति, संस्कृति र पर्यटकीय आकर्षणहरुलाई प्रतिनिधित्व गर्ने गरि म्युजिक भिडियो बनाइएको छ ।

‘माई साङ्ग्रिला’ नामक अङ्ग्रेजी भाषामा पहिलो पटक पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो । म्युजिक भिडियाको निर्माता तथा निर्देशक सूर्य बराल हुन् । भिडियोमा फिल्म निर्माता एवम् लेखक प्रेमबहादुर बस्नेतको शब्द रहेको छ । उक्त म्युजिक भिडियोमा प्रख्यात सुवर्ण लिम्बुले संगित दिएका छन् भने लोकप्रिय गायिका प्रीति कौरले गाएकी छन् । म्युजिक भिडियोको लागत २५ लाख रुपैयाँ रहेको छ । नेपालका चर्चित पर्यटकीय गन्तव्य तथा पवीत्र तीर्थ स्थलहरुमा गएर छायाङ्कन गरिएको छ ।

यो भिडियो नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बनाउन थालिएको थियो । तर, सो कार्यक्रम बीचमै रोकिएपछि पर्यटन पुनरुत्थानलाई लक्षित गरी सार्वजनिक गरिएको हो । म्युजिक भिडियो डिश होम च्यानलबाट प्रसार गरिने भएको छ । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा समेत यो भिडियो हेर्न सकिने भएको छ ।

भिडियो लिंकः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?