+
+

हेलिकप्टरबाट सामान ढुवानी गरी ८ स्थानमा जीएसएम टुजी र फोरजी सेवा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १९:४८

काठमाडौं । नेपाल टेलिकमले यस आर्थिक वर्षमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी अति दुर्गम र विकट गरी ८ स्थानहरुमा जीएसएम टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यू–प्वाइन्टमा हेलिकप्टरमार्फत उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

अन्य ३ (तीन) दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ तथा दार्चुलाको व्याँस गाउँपालिकाको छाङरुमा टावर स्थापना गरी सेवा सञ्चालन गरिनेछ । यी स्थानहरुमा संरचना निर्माण भइरहेको र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?