+
+

घनश्याम भूसाल भन्छन्- मैले जित्ने ग्यारेन्टी छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १०:४१

१३ मंसिर, चितवन । नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी रहेको भनेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । उनले आफूले जित्ने ग्यारेन्टी भएको दाबीसमेत गरे ।

सौरहामा सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलन गर्दै भूसालले भने, ‘पार्टीभित्र सिद्धान्त ज्युँदो छ, पार्टीभित्र मार्क्सवाद ज्युँदो छ, विचार ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’

उनले अगाडि भने, ‘कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पार्टीलाई सुधार्ने पनि कार्यकर्ताको लामो परम्परा छ । त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो ।’

पार्टीमा गल्तीहरु हुँदै आएको र गल्तीका अरु सम्भावनाहरु पनि रहेको भन्दै नेता भूसालले त्यसलाई रोक्न पनि आफ्नो उम्मेदवारी जरुरी रहेको तर्क गरे ।

भूसालले लामो ब्याख्या गर्दै भने– पार्टीमा गल्तीका प्रशस्त सम्भावनाहरु छन् । अहिले पनि गल्ती हुँदै छ । एउटा एकीकृत पार्टी किन फुट्यो । त्यसबारेमा हामी बेखबर भएर हिँडेका छौं । त्यत्रो संसारमा हामीले एउटा मोडल देखाउन सक्ने त्यो सम्भावना कसरी बिगार्यौं । आफ्नो पार्टी किन टिकाउन सकेनौं, आफ्नै पार्टी किन टिकाउन सकेनौं भन्दाखेरि तिमीहरुले नै किन भत्कायौ भन्न सकिन्छ । तर त्यो स्थिति नै किन आयो भन्ने बारेमा हामीले बेखबर भएर आँखा बन्द गरेर हिंड्दैछौं यसले हामीलाई, हाम्रो लोकतन्त्रलाई, कम्युनिष्ट पार्टीका सम्भावनालाई धेरै डरलाग्दा खतराहरुतर्फ सोझ्याउने वाला छ । त्यसले गर्दा पनि मेरो उम्मेदवारी जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?