+
+

कैलालीमा ८ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दुर्घटनाको विषयलाई लिएर कैलालीमा आठ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १६:५५
फाइल तस्वीर

१३ मंसिर, धनगढी । दुर्घटनाको विषयलाई लिएर कैलालीमा आठ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ ।

सोमबार बिहान गोदावरी नगरपालिका– ८ को स्याउले चोकमा भैरवाहबाट आइरहेको ना ६ ख ५३६६ नम्बरको ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि राजमार्ग बिहानैदेखि अवरुद्ध गरिएको छ ।

सुदूरश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा ट्रकको ठक्करबाट पैदल यात्री सोही ठाउँका १९ वर्षीय नरेश देउवाको मृत्यु भएको जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

राजमार्ग बन्दका कारण विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् भने यात्रुलाई समस्या भएको छ । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएपनि आफन्त र स्थानीयले दोषीलाई कानून बमोजिम सजाय र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् ।

आइतबार ट्रकको ठक्करबाट लम्कीमा एकजनाको मृत्यु भएपछि राजमार्ग बन्द गरिएको थियो । स्थानीय प्रशासन र पीडित पक्षकाबीचमा भएको सहमति भएपछि रामार्ग खुलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?