+
+

ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल पनि दशरथ रंगशालामै हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १८:३३

१३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ को तेस्रो र चौथो चरणको खेलहरु पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गर्दै दशरथ रंगशलामै खेलाइने जनाएको छ ।

तेस्रो चरणको पहिलो खेल मंसिर १७ गते शुक्रबार फ्रेण्ड्स र थ्री स्टार क्लबबीच हुनेछ । त्यही दिन सातदोबाटो र एपीएफ फुटबल क्लबबीच पनि खेल हुनेछ । तेस्रो चरणका खेलहरु मंसिर २० गतेसम्म सञ्चालन हुनेछ । यस्तै चौथो चरणका खेलहरु मंसिर २४ देखि २७ गतेसम्म हुनेछ ।

यसअघि पहिलो र दोस्रो चरणको सबै खेल दशरथ रंगशालामै खेलाइएको छ । दोस्रो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र र साविक उपविजेता आर्मी अहिले खेलिरहेका छन् ।

१४ टोली सहभागि लिगमा कूल १३ राउण्डको खेल हुनेछ ।

एन्फाले यस पटक दशरथ रंगशालासहित एन्फा कम्प्लेक्स र च्यासल फुटबल मैदानमा पनि लिगका खेल खेलाउने जनाएको थियो । साथै काठमाडौं बाहिर पोखरामा पनि लिग खेलाउने योजना बनाएको थियो ।

लिग खेलाउने भनिएको एन्फा कम्प्लेसमा महिला राष्ट्रिय टिम र यू-१९ महिला टिम प्रशिक्षण गरिरहेका छन् । पहिलो पटक लिग खेलाउन लागिएको च्यासल मैदानमा पनि पूर्ण रुपमा तयार हुन बाँकी नै रहेको एन्फाका अधिकारीहरुले बताएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?