+
+

दुई तिहाइ ल्याएर न्याय क्षेत्र सुधार्छौं : शेरबहादुर तामाङ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते ११:५८

१४ मंसिर, चितवन । नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एमालेले आगामी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर न्यायालय क्षेत्रको विकृति अन्त्य गर्ने बताएका छन् ।

चितवनको सौराहमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै तामाङले सो धारणा राखेका हुन् । उनले भने, ‘न्यायालयमा आज देखिइरहेको बबण्डर, अप्ठ्यारो परिस्थिति छ यसलाई अन्त्य गर्न एकचोटी नेकपा एमालेले दुई तिहाइ ल्याएर न्यायालयभित्रको सबै खालको विश्रृंखलताहरूलाई अन्त्य गर्ने गरी हामी अगाडि बढ्छौं ।’ दुई तिहाइसहित सरकारमा फर्किने अगुवाई केपी ओली र उनी नेतृत्वको टिमले गर्ने तामाङको भनाइ छ ।

न्याय क्षेत्रमा धेरै ठूला समस्याहरू रहेको भन्दै उनले अहिलेको स्थितिमा महाअभियोग लगाउने कुरा सिटामोलजस्तो मात्रै भएको बताए । ‘उनले भने, ‘सिटामोल खुवाएर न्यायालयको अहिलेको समस्या समाधान हुन्छ भन्ने मलाई लाग्दैन । त्यहाँभित्र धेरै ठूला क्रोनिक खालका समस्याहरू छन् । त्यो क्रोनिक समस्या समाधान गर्न ठूलै अप्रेसन जरुरी छ । त्यो अप्रेसनको लागि एमालेको दुई तिहाइ जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?