+
+

थापा र राणालाई लोहनीको आग्रह : नयाँ नेतृत्वलाई काम गर्ने मौका दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १७:३६

१४ मंसिर, काठमाडौं । राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अर्का दुई अध्यक्षलाई आग्रह गरेका छन् ।

राप्रपाको महाधिवेशन भोलि (बुधबार)देखि काठमाडौंमा हुँदैछ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष पशुपतिशम्शेर जबराले चुनाव नलड्ने घोषणा गरेका छन् भने अर्का अध्यक्ष लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् ।

त्यसको औपचारिक जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष लोहनीले भने, ‘म अन्य दुई अध्यक्षलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?