+
+

नेकपा मसाल फेरि विभाजित, सन्तबहादुर नेपालीको नेतृत्वमा केन्द्रीय समन्वय समिति गठन

पटक पटक फुटको श्रृंखलाबाट गुज्रिंदै आएको नेपाल कम्युनिष्ट पार्टी मसाल फेरि विभाजित भएको छ ।३१ जिल्लाका १९१ जना प्रतिनिधि सहभागी राष्ट्रिय भेलाले पुर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १७:३७

१४ मंसिर,बुटवल । पटक पटक फुटको श्रृंखलाबाट गुज्रिंदै आएको नेपाल कम्युनिष्ट पार्टी मसाल फेरि विभाजित भएको छ ।

पार्टीमा फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र पार्टीभित्र रहेका असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेका हुन् ।

३१ जिल्लाका १९१ जना प्रतिनिधि सहभागी राष्ट्रिय भेलाले पुर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । समन्वय समितिको प्रवक्तामा कृष्णराज पौडेल चयन भएका छन् । अन्य नेताहरुको नाम सार्वजनिक नगर्ने नीति रहेको सो समूहले जनाएको छ ।

मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका संयोजक नेपालीले नेकपा मसाल दक्षिणपन्थी, अधिनायकवादी र स्वेच्छाचारी भएकोले विद्रोह गर्नुपरेको बतााए ।

नेतृत्वले सातौं महाधिवेशनपछि पार्टीमा फरक मत राख्नेलाई कारवाही गर्दै पार्टीबाट पाखा लगाउन खोजेको संयोजक नेपालीले गुनासो गरे । समितिले नेतृत्वलाई सच्चिएर आउन र विशेष महाधिवेशन गर्न माग गरे।

उनले भने, ‘ नेतृत्वले त्यो कुरा अस्वीकार गरे एक वर्षभित्र नयाँ कम्युनिष्ट पार्टी गठन गर्छौ।’ छरिएर रहेका कम्यनिष्ट पार्टीहरुबीच ध्रुवीकरण आवश्यक रहेको उनको भनाइ थियो ।

समितिले संघीय व्यवस्था खारेज गर्न, एमसीसी सम्झौता खारेज गर्न, भारतद्वारा अतिक्रमित भूभागका सन्दर्भमा उच्चस्तरीय राजनीतिक तहबाट वार्ता गरी सीमा विवाद अन्त्य गर्न, १९५० लगायतका असमान सन्धी खारेज गर्न, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने लगायतका माग सरकारसँग गरेको छ।

समन्यव समितिमा पार्टी नेताहरु विमल शर्मा,गोविन्द सिंह थापा,जीवन शर्मा,रामबहादुर बुढा,नारायण योगी,शशिधर भण्डारी,गंगाधर शर्मा,दीपक पौडेल लगायतका नेताहरु छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?