+
+

यू-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-२ लाई पराजित गर्दै लुम्बिनी फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १५:०९

१५ मंसिर, काठमाडौं। लुम्बिनी प्रदेश वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

राउण्ड रोबिनको आधारमा भइरहेको ७ टिम सहभागि प्रतियोगिताको अन्तिम खेलमा बुधबार प्रदेश-१ लाई ९ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रदेश-२ ले दिएको १६९ रनको लक्ष्य लुम्बिनीले २६.५ ओभरमा एक विकेट मात्र गुमाएर पुरा गर्‍यो। लुम्बिनीले लिग चरणमा खेलेका ६ मध्ये ५ खेल जित्दै १० अंक जोड शीर्ष दुईमा स्थान पक्का गरेको हो ।

प्रदेश२ को भने पाँच खेलमा तेस्रो हार हो । बलिङमा वासिर अहमेद अनी ब्याटिङमा आकाश त्रिपाटी र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले सहज जित हात पारेको हो।

लुम्बिनीका कप्तान देवलखनालले अविजित ६२ रन तथा आकाश त्रिपाटीले ५६ रन बनाए । यी दुईले पहिलो विकेटका फागि १४१ रनको साझेदारी गरेका थिए ।
प्रज्वल थापा १३ रनमा अविजित रहे ।

प्रदेश २ का सन्तोष कार्कीले एक लिए । त्यसअघि सन्तोष कार्कीकै अर्धशतकमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ३९.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

प्रदेश २ का लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए । सन्तोषले ९२ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे गुल्सन झाले ३२ र आदिल अन्सारीले अविजित २२ रन जोडे । अन्य खेलाडीले दोहारो अंकमा रन बनाउन सकेन।

लुम्बिनीका लागि वासिर अहमदले सर्वाधिक ५ विकेट लिए । विशाल विक्रम केसीले ३ र राहुल चौधरीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?