+
+

सिंहदरबारमा गोली चल्दा असईलाई नसिहत, टिकटक बनाउने पीएसओ पनि कारबाहीमा

सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीको गल्ती देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १९:१०

१५ मंसिर, काठमाडौं । सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीको गल्ती देखिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको छानबीनमा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरबाहीले घटना भएको निष्कर्षसहित उनलाई नसिहत दिएको छ ।

भारतीले बोकेको पेस्तोल १० कात्तिकमा सिंहदरबारभित्र पड्किएको थियो । तर कसैलाई लागेको थिएन ।

प्रहरी प्रधान कार्यालयले गरेको छानबीनबाट भारतीले नयाँ पेस्तोल ल्याएको र नम्बर टिपाउने क्रममा ‘मिस ह्याण्डलिङ’ हुँदा गोली चलेको देखिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार हतियारसहित बर्दीमा रहेका वेला टिकटक बनाउने असई कमलेश यादव पनि कारबाहीमा परेका छन् । उनी प्रदेश १ का एक जना मन्त्रीको सुरक्षामा खटिएका थिए ।

दुवैलाई जिम्मेवारीबाट तानेर प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा ल्याइएको छ । कुँवरका अनुसार यादवलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको छ । ‘यो कारबाही प्रक्रियामा गइसकेको विषय हो, हाललाई जिम्मेवारीबाट हटाएका छौं’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?