+
+

यसैवर्ष बिहे गरेकी सुपुष्पा भन्छिन्- परिवारको साथ छ, फिल्म क्षेत्रलाई निरन्तरता दिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते ११:३४

१६ मंसिर, काठमाडौं । नायिका सुपुष्पा भट्टले वैशाखमा निर्माता रौनकविक्रम कँडेलसँग विवाह गरिन् । उनले दुई वर्षअघि अभिनय गरेको चलचत्रि ‘चपली हाइट ३’ पुस २ गतेदेखि प्रदर्शन हुँदैछ ।

नायिका भट्ट वैवाहिक जीवनमा बाँधिएपनि चलचित्र क्षेत्रलाई भने नछाड्ने बताउँछिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘मलाई परिवारको ठूलो साथ छ । यसैले पनि म चलचित्र क्षेत्रलाई नै निरन्तरता दिन्छु ।’

सुपुष्पा विवाहपछि काठमाडौंमा भन्दा चितवनमा धेरै बस्दै आएकी छन् । विवाहपछि जीवन निक्कै सुन्दर भएको भन्दै सुपुष्पाले आफू मोटाउँदै गएकोमा भने चिन्ता व्यक्त गरिन् । ‘बिहेपछिको जिन्दगी आनन्दसँग बितिरहेको छ । तर, पहिले भन्दा म मोटाएकी छु । यसमा भने चिन्ता लागेको छ,’ उनले भनिन् ।

सुपुष्पाले ‘रणवीर’ चलचित्रबाट करिअर शुरु गरेकी हुन् । उनको ‘छ माया छपक्कै’मा केमियो भूमिका थियो । चलचित्र ‘चपली हाइट ३’मा भने आधुनिक युवतीको भूमिकामा देखिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?