+
+

अश्लील गाली गर्ने ५ सुगाहरु जसका कारण चिडियाखाना भयो बदनाम !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १६:१५

१६ मंसिर, काठमाडौं । सुगाले गाएको वा मानिसको भाषा बोलेको त सुन्नुभएकै होला । सुगा एउटा यस्तो पंक्षी हो जसले मानिसको भाषा बोल्न सक्दछ । तर मान्छेको भाषा बोल्ने लहडमा पाँचवटा सुगाले बेलायतको एउटा चिडियाखानाको नाक नै काटिदिएका छन् ।

बेलायतमा एउटा अनौठो घटना भएको छ । त्यहाँको एक चिडियाखानामा रहेका पाँचवटा सुगाले अश्लील शब्दहरुमा गाली गर्न थालेपछि त्यो चिडियाखाना नै बदनाम हुनपुग्यो । अन्ततः चिडियाखानाले ती सुगालाई त्यहाँबाट हटाउनु परेको छ ।

ती सुगाले चिडियाखानामा घुम्न आएका मानिसहरु तथा स-साना बच्चाहरुलाई अश्लील शब्दमा गाली गर्दथे । जसका कारण चिडियाखानालाई नै आपत् पर्‍यो । ती पाँचवटा सुगाहरु यसअघि केही समय एकसाथ क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइन सकेर आउँदा उनीहरुमा अश्लील बोल्ने अनौठो हर्कत देखियो ।

बेलायतको लिंकनशायर वन्यजन्तु पार्क नामक चिडियाखानामा यस्तो घटना भएको हो । अधिकारीहरुले एरिक, जेड, एल्सी, टाइसन र बिली नामका खैरो रङका ती पाँचवटा सुगालाई कारबाही गरेर हटाएका हुन् ।

चिडियाखानाले ती सुगालाई फरक फरक मानिसबाट लिएका थिए र सार्वजनिक प्रदर्शनमा राख्नु अगाडि केहीदिन एउटै पिन्जडामा क्वारेन्टाइनमा राखेका थिए । क्वारेन्टाइनपछि सारिएका ती सुँगाको बारेमा केही दिनमै मानिसहरुले चिडियाखानाका कर्मचारीहरुसँग गुनासो गर्न थाले ।

चिडियाखानाका कर्मचारीका अनुसार अनुसार सुरुमा त यी सुगाले एक आपसमा एक अर्कालाई गाली गर्दथे । तर त्यसपछि उनीहरुले चिडियाखानामा आउने आगन्तुकलाई पनि गाली गर्न सुरु गरे ।

चिडियाखानाका प्रमुख स्टिभ निकोल्सका अनुसार सुगाको अश्लील गालीका मानिसहरु हैरान थिए । खासगरी चिडियाखाना आउने बच्चाहरुलाई सुगाले अश्लील गाली गर्ने गरेबाट चिडियाखाना थप चिन्तित भयो । सुगाको मुखबाट गाली सुन्दा आगन्तुकहरु झनै हाँस्न थाल्दथे । मान्छेहरु जतिधेरै हाँस्थे सुगाहरुलाई अझै हौसला मिल्दो रहेछ र बढि भन्दा बढि गाली गर्ने गर्दथे ।

अधिकारीहरुका अनुसार क्वारेन्टाइनमा एक आपसमा राख्दा ती सुगाले एक अर्काबाटै अश्लील बोल्न सिकेको हुनुपर्दछ । अब ती सुगालाई त्यहाँबाट हटाएर छुट्टाछ्ट्टै पिँजडामा राखिएको छ । यसरी छुट्टाछुट्टै राख्दा उनीहरुले अश्लील गाली बिर्सने विश्वास चिडियाखानाको छ । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?