News Summary
Generated by OK AI. Editorially reviewed.- जावलाखेलस्थित सदर चिडियाखानाभित्रको पोखरीमा ३० चैतको बिहान करिब पौने ११ बजे एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
- ती पुरुषको पहिचान हुन सकेको छैन र जिल्ला प्रहरी परिसर ललितपुरले सनाखतका लागि सहयोग गर्न आह्वान गरेको छ।
- मृतकले कालो पाइन्ट, पर्पल हाइनेक र खरानी स्पोर्ट जुत्ता लगाएका थिए र उनको कपाल छोटो तथा दाह्री फुलेको थियो।
२ वैशाख, काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानाभित्रको पाखेरीमा एक व्यक्ति मृत फेला परेका छन् ।
३० चैतको बिहान करिब पौने ११ बजेतिर पोखरीभित्र एक व्यक्ति डुबेको अवस्थामा बेहोस भेटिएका थिए । ती व्यक्तिलाई उद्धार गरेर पाटन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
तिनै व्यक्तिको पहिचान हुन सकेको छैन । ती व्यक्ति एक्लै चिडियाखाना घुम्न आएको सीसीक्यामेराको फुटेजमा समेत देखिएको छ । अन्दाजी ५५/६० वर्षका पुरुष मृत भेटिए पनि सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।
कालो कलरको पाइन्ट, पर्पल कलरको हाइनेक र खरानी कलेको स्पोर्ट जुत्ता लगाएका ती पुरुषको कपाल छोटो र दाह्री फुलेको भन्दै हुलिया सार्वजनिक गर्दै जिल्ला प्रहरी परिसर ललितपुरले सनाखतका लागि सहयोग गर्न आह्वान गरेको छ ।
प्रतिक्रिया 4