
१६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंस्थित प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पुष ११–१३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकले मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने उनले जानकारी दिए ।
बैठकमा पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको उनले बताए ।
केही पालिकामा स्थगित भएको सम्मेलन शुक्रबारसम्ममा सकिने उनले बताए ।
स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4