
१६ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्व चयन गर्दा जिम्मेवार बन्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
बिहीबार हेटौंडामा बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै पूर्वमहामन्त्री सिंहले सही नेतृत्वले मात्र पार्टीलाई गतिशील बनाउने दावी गरे।
‘नेतृत्व चयन गर्दा होस नपुर्याउने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी सिंहले भने, ‘ ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरुले ध्यान दिनुपर्दछ ।’
कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र कांग्रेस नेतृत्वकै सरकारले संविधान कार्यान्वयनको बाटो खोलेको भन्दै नेता सिंहले संविधानलाई संस्थागत गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताए ।
‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताविरुद्ध षड्यन्त्र सुरु भएको छ, ओली नेतृत्वको सरकारले लोकतन्त्रलाई नै समाप्त गर्न खोजेको थियो, उनले भने, ‘परिवर्तनलाई संस्थागत गर्न संविधान बचाउनुपर्छ । यो काम कांग्रेसबाहेक अरुले गर्न सक्दैन ।’
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार प्रदेश अधिवेशन सुरु भएको हो ।
प्रतिक्रिया 4