+
+

तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १९:१७

१६ मंसिर, काठमाडौं । नेपाल चामल, तेल, दाल, उद्योग संघले तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन आग्रह गरेको छ ।

तयारी अवस्थामा आयात हुने दाल, चामल, खाने तेलमा र यसको कच्चा पदार्थमा दुई तहको भन्सार दर कायम गर्न संघले सरकारलाई लिखित आग्रह गरेको हो । कच्चा पदार्थ आयातमा कम र तयारी खाद्य वस्तु आयातमा बढी भन्सार दर कायम गर्न संघले अर्थ मन्त्रालयलाई आग्रह गरेको संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए ।

संघले चामल आयातमा लाग्दै आएको ८ प्रतिशत आयात शुल्कलाई १५ र धान आयातमा लाग्ने ५ प्रतिशत आयात शुल्कलाई एक प्रतिशत गर्नु पर्ने संघको माग छ । चामल र धानमा फरक-फरक भन्सार दर कायम गर्दा देशको व्यापार घाटा कम हुने र बन्द भएका चामल उद्योग पुनः सञ्चालन हुने संघको दावी छ । तोरीको तेलमा मूल्य अभिवृद्धि करमा दुई तहको व्यवस्था गरेर तेलमा ५ प्रतिशतको मूल्य अभिवृद्धि करको दर तोक्न संघको माग छ ।

तोरीको गेडा आयातमा लाग्दै आएको ५ प्रतिशत भन्सार दर परिमार्जन गरी एक प्रतिशतमा झार्न पनि संघले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

यस्तै दाल र गेडागुडीमा लाग्दै आएको समान १० प्रतिशत भन्सार दर दुई तहमा गर्न र दालको कच्चा पदार्थमा ५ प्रतिशत भन्सार लगाउन संघले माग गरेको छ । दाल निकासीमा लाग्दै आएको निकासि कर हटाउन र दाल निकासी गर्दा दिंदै आएको निकासी सुविधा पुनः सुचारु गर्न संघले भनेको छ । अर्थ सचिव मधुकुमार मरासिनीलाई बुझाइएको व्यहोरोको माग पत्र संघले उद्योग विभाग र वाणिज्य विभागलाई पनि बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?