+
+

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्‍य

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १९:१४

१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार भने ६ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणमुक्त हुनेको संख्या भने ३४७ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमति संख्या ६९२१ रहेको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ भने ८ लाख ३ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ जना रहेका छन् । जसमध्ये ६ हजार ५७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५५, ललितपुरमा २९, मोरङमा १७, चितवनमा १४, झापा र कास्कीमा ११/११ जना तथा सिरहा र काभ्रेमा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?