१८ मंसिर, काठमाडौं । न्यूजिल्याण्डका एजाज पटेल टेष्ट क्रिकेटमा एक पारीमा सबै १० विकेट लिएका छन् ।
यससँगै उनी टेष्ट क्रिकेटको इतिहासमा एकै पारीमा सबै १० विकेट लिने विश्वकै तेस्रो बलर बनेका छन् । उनले जिम लेकर र अनिल कुम्बलेसँगै आफ्नो नाम लेखाएका हुन् ।
भारत र न्यूजिल्याण्डबीच मुम्बईको वानखडे स्टेडियममा भएको दोस्रो टेष्टमा भारतको पहिलो पारीमा सबै विकेट एजाजले लिए । स्लो लेफ्ट आर्म स्पिनर एजाजकै कारण भारत पहिलो पारीमा ३२५ रनमा समेटिएका छन् ।
उनीभन्दा अगाडि यो रेकर्ड बनाएका इंग्ल्याण्डको जिम लेकर र भारतका अनिल कुम्बले पनि एजाज जस्तै स्पिनर थिए । लेकरले १९५६ मा अष्ट्रेलियाविरुद्ध एक पारीमा थगा कुम्बलेले १९९९ मा पाकिस्तानको एक पारीका सबै १० विकेट लिएका थिए ।
प्रतिक्रिया 4