+
+

सुनिलका छोरा अहानको डेब्यु फिल्म ‘तडप’को सुखद् ओपनिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १४:११

१९ मंसिर, काठमाडौं । अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीले चलचित्र ‘तडप’बाट बलिउडमा डेब्यु गरे । यो चलचित्रमा उनले नायिका तारा सुतरियासँग रोमान्स गरेका छन् ।

एकातिर सुनिलको छोरा हुनु, अर्कोतिर साजिद नाडियाडवाला जस्ता सफल मेकरसँग काम गरेको हुनाले पनि अहानको डेब्युलाई लिएर सर्वत्र चासो थियो ।

‘तडप’ले बक्स अफिसमा सुखद शुरुवात गरेको बलिउड पण्डितहरुले बताएका छन् । १६ सय हलमा मात्र रिलिज भएको यो चलचित्रले शुक्रबार ४.०५ करोड भारुको व्यापार गरेको थियो ।

शनिबार चलचित्रको व्यापारमा थोरै उछाल देखिएको छ । शनिबार चलचित्रले ४.१२ करोडको व्यापार गरेको छ । दुई दिनमा ८.१७ करोडको व्यापार गरेको चलचित्रले विकेन्डमा १४ करोड माथिको व्यापार गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रले दिल्ली, उत्तर प्रदेश, गुजरात र पञ्जाबमा राम्रो कमाइ गरेको छ । यो चलचित्रलाई समीक्षकले पनि राम्रो भनेका छन् । साउथको चलचित्र ‘आर एक्स १००’को रिमेक यो चलचित्रबाट अहानले बलिउडमा बलियो सम्भावना देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?