+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

कहाँ फेल खायो डाक्टर शेखर कोइरालाको हिसाब ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १५:२९

२० मंसिर, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिको उम्मेदवार छनोट गर्दै गर्दा डाक्टर शेखर कोइरालाले गुरुराज घिमिरेलाई रोजे । प्रदेशका सबै जिल्ला घुमेको, विद्यार्थी राजनीतिबाट आएको, प्रखर वक्ता भएकाले घिमिरेले जित्ने उनको आकलन थियो । तर मतपरिणाम विपरीत आयो ।

एक हजार ७५३ प्रतिनिधिले मतदान गर्दा घिमिरे २ मतले पराजित भए भने संस्थापन पक्षका उम्मेदवार उद्धव थापा निर्वाचित भए ।

थापाले ८४४ मत प्राप्त गर्दा घिमिरेले ८४२ मत पाए । सभापतिसहित उपसभापति, एक महामन्त्री र महिला सहमहामन्त्रीमा संस्थापन पक्षले जित्यो । संस्थापन इतरपक्षबाट एक महामन्त्री विजयी भए ।

सभापतिमा उठ्ने तयारी गरिरहेको बेला डाक्टर कोइरालाका उम्मेदवार आफ्नै क्षेत्रमा पराजित भएपछि उनलाई धक्का लागेको विश्लेषण हुन थालेको छ ।

कहाँ फेल खायो हिसाब ?

संस्थापनइतर पक्षको हिसाब अनुसार घिमिरेको पक्षमा एक सय बढी प्रतिनिधि थिए । घिमिरेलाई झापाबाट विश्वप्रकाश शर्मा पक्षमा रहेको टिमको अघोषित समर्थन थियो । नेताहरूका अनुसार घिमिरेको पक्षमा प्रष्ट १५० मतले जित्ने आकलन थियो । तर अन्तिम मतपरिणाम आउँदा घिमिरे पराजित भए ।

संस्थापन इतर पक्षका नेताहरु घिमिरेले टिकट पाएपछि मोरङ र सुनसरीको भोट क्रस भएको बताउँछन् ।

सभापतिमा राजीव कोइरालाई टिकट दिन कोइराला पक्षका नेता केदार कार्कीसहितले लबिइङ गरेका थिए । तर अन्तिम समयमा घिमिरेले टिकट पाउँदा कोइराला असन्तुष्ट बने । उनी पक्षका नेताहरूले खुलेर सहयोग गरेनन् । ‘जिल्लाको निर्वाचनमा मिहिनेत गर्ने नेताहरू प्रदेशको चुनावमा हिंडेनन्,’ घिमिरे हार्नुको कारणबारे विश्लेषण गर्दै कांग्रेस कोइराला पक्षका एक नेताले भने, ‘सुनसरीबाट पनि असहयोग भयो ।’

कोइरालाले टिकट नपाएपछि डाक्टर शेखरले उनकै रोजाइका नेता उमेश थापालाई महामन्त्रीको टिकट दिएका थिए । निर्वाचनमा थापा भने विजयी भए ।

१३ औं महाधिवेशनमा तीन जिल्ला जितेको देउवा पक्षले सिटौलाको साथ पाएपछि १४औं महाधिवेशनमा धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, इलाम, पाँचथर, ओखलढुङ्गा र उदयपुर जिल्ला जितेको छ । सिटौला पक्षले झापामा जितेको छ । मोरङसहित संस्थापन इतर पक्षले सुनसरी, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुरमा जिल्ला सभापति जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?