+
+

कांग्रेसको सुदूरपश्चिम कार्यसमितिद्वारा पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १२:२७

२० मंसिर, धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम कार्यसमितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले पदभार ग्रहण गरेका छन् ।

सोमबार नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।

सभापति वीरबहादुर बलायरसहितका ८ जना पदाधिकारीसहितका विभिन्न पदमा निर्वाचित ५९ जनाले पदभार ग्रहण गरे पनि निर्वाचित भएको प्रमाण पत्र प्राप्त गरेका छैनन् ।

केन्द्रीय निर्वाचन समितिले नै उनीहरूलाई प्रमाण पत्रदिने प्रदेश निर्वाचन समितिले जनाएको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित सभापति वीरबहादुर बलायरले अब कांग्रेस भएकै कारणले कसैले पनि अपहेलित हुुनुु पर्ने अवस्था नरहने बताए । ‘कुनै पनि कार्यकर्ताहरूले कांग्रेस भएकै कारण अपहेलित हुुनुु पर्ने अवस्था रहदैन् । पार्टीमा अब त्यस्तो अवस्था रहन नदिने कुुराको ग्यारेन्टी गर्न चाहन्छुु,’ बलायरले भने ।

प्रदेश कार्यसमितिका पहिलो निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बलायरले निर्धक्क भएर पार्टीका काममा अगाडि बढ्न आहृवान गरेका छन भने अगामी केन्द्रीय महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई विजयी गराउनुपर्ने धारण व्यक्त गरे ।

पदभार ग्रहणपछि कांग्रेस सुदूरपश्चिम प्रदेश कमिटीको पहिलो बैठकसमेत बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?