+
+

हिमाली भेगका १२–१७ वर्षका बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १५:३८

२१ मंसिर, काठमाडौं । सरकारले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको छ ।

कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी हप्तादेखि बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी अघि बढेको बताए ।

दाहालले अनलाइनखबरसँग भने, ‘हिमाली जिल्लाका बालबालिकालाई अहिले खोप लगाउन सकिने अनुकुल अवस्था छ/छैन भन्नेबारे बुधबार उक्त क्षेत्रका अधिकारीहरुसँग छलफल गर्दैछौं । उहाँहरुको सुझाव अनुसार नै बालबालिकालाई खोप लगाउँछौं ।’

तत्काल १० लाख डोज मोडेर्ना खोप आउने र जनवरी महिनाभित्र थप ४० लाख डोज माडर्ना खोप प्राप्त हुने दाहालको भनाइ छ । खोप प्राप्त भएसँगै अन्य जिल्लामा पनि बालबालिकालाई खोप अभियान सञ्चालन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?