+
+

सदस्य सचिवलाई खेलाडीले दिए ६ बुँदे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते ७:४२

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण र सुझाव पत्र बुझाएको छ ।

संघले त्रिपुरेश्वरस्थित संघकै कार्यालयमा सदस्य सचिव घिसिङलाई बधाई दिँदै ध्यानाकर्षण पत्र बुझाएको हो । संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले सदस्य सचिव घिसिङलाई ६ बुँदे ध्यानाकर्षण र सुझाव पत्र बुझाएको हो ।

गत साता मन्त्रिपरिषद्को बैठकले घिसिङलाई राखेपको १९औं सदस्य सचिवको रुपमा नियुक्त गरेको थियो ।

खेलाडी संघले बुझाएको ध्यानाकर्षण तथा सुझाव पत्र बुझ्दै सदस्य सचिव घिसिङले आफूले खेलाडी संघले बनाएको अधिकांश विषयहरू समेटेर नै कार्ययोजना बनाएको बताए । उनले खेलकुद भाषण भन्दा काम गर्नुपर्ने बताए । यस्तै खेलाडी खेलकुदको मुटु भएकोले त्यसमा बढी ध्यान दिने बताए ।

यस्तै संघका अध्यक्ष श्रेष्ठले सदस्य-सचिव नियुक्तभएपछि घिसिङले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने र खेलाडीको बिमाबारे गरेको निर्णयको स्वागत गरे ।

श्रेष्ठले पनि खेलकुदमा भाषणभन्दा काम नै हुनुपर्ने जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?