+
+

साझा उम्मेदवार चयन गर्न पौडेल पक्षको छलफल शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १६:५१

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल शुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सभापति र अरु पदका आकांक्षीहरु छलफलमा बसेका हुन् ।

मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न सकेका छैनन् ।

पौडेल पक्षबाट सभापतिका आकांक्षी डा. शशांक कोइरालाले दावी छाडे पनि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले दावी छाडेका छैनन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा पनि धेरै नेताहरु आकांक्षी छन् ।

यसअघि पौडेल पक्षले बुधबार दिउँसो आफ्नो पक्षका जिल्ला सभापति र प्रदेशस्तरका नेताहरुसँछ छलफल गरेको थियो । छलफलमा सहभागीले साझा उम्मेदवार छिटो चयन गर्न नेताहरुलाई दबाव दिएका थिए । जिल्ला र प्रदेशस्तरका नेताहरुसँगको छलफलपछि पौडेल समूह पुनः छलफलमा जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?