+
+

सचिन तेन्दुलकरकी छोरी साराको मोडलिङमा डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १७:५५

२२ मंसिर, काठमाडौं । भारतीय क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर मोडलिङको दुनियाँमा प्रवेश गरेकी छन् ।

२४ वर्षीया साराले एक चर्चित क्लोथिङ ब्राण्डको विज्ञापनमा काम गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साराले सामाजिक सञ्जाल इन्स्टाग्राममा विज्ञापन सुटको तस्वीर र भिडियो सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमा निक्कै सक्रिय हुने साराका धेरै प्रशंसक र फलोअर्स छन् ।  मोडलिङ शुरु गरेसँगै साराले फिल्ममा समेत अभिनय गर्न सक्ने अड्कल काटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?