+
+

कांग्रेस महाधिवेशनस्थलमा आचारसंहिताविपरीत प्रचार सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते ९:२८

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप वरिपरि आचारसंहितविपरीत उम्मेदवारका प्रचार सामग्री राखिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आचारसंहिता अनुसार महाधिवेशन आयोजना स्थलभन्दा पाँच सय मिटर वरिपरि प्रचार सामग्री राख्न पाइँदैन । आचारसंहितामा ब्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्प्लेट टाँस्न नपाइने उल्लेख छ ।

तर, भृकुटीमण्डपको मुख्य गेटदेखि भित्रैसम्म उम्मेदवारका तस्वीर अंकित प्रचार सामग्रीहरू राखिएका छन् । ती प्रचार सामग्रीहरू अब हटाइने निर्वाचन समितिका सदस्य तेज रावलले बताए । ‘आचारसंहितामा के गर्न मिल्ने/नमिल्ने प्रष्ट उल्लेख छ, त्यही अनुसार निर्वाचन समितिले आफ्नो काम गर्छ,’ उनले भने, ‘आचारसंहिताको कडाइका साथ पालना हुन्छ ।’

उम्मेदवारहरुको प्रचार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल भन्ने वितरण गर्न दिइनेछ । त्यस्तै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लैजान पनि रोक लगाइएको छ ।
महाधिवेशन स्थल भृकुटीमण्डप केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूका उम्मेदवारहरूको ब्यानर, तुल र पोष्टरले भरिभराउ छ । कांग्रेस महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ ।

शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने सोमबार बिहानैदेखि मतदान सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?